विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव : सामाजिक परिवर्तनको नायक बन्नुहोस

१९ पुष, २०८१, शुक्रवार
सारांश
  • शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन्

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् । 


शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन् । 


उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होईन् । राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको सम्वाद समेत हो । सामाजिक आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरुद्धारा गरिने साहित्य सृजनापनि अन्तत सामाजिक परिवर्तन कै अभियानलाई थप बल पु¥याउछ ।’
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिए । यदी कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने उनले बताए । 


उनले भने,‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको हो कि भन्ने चर्चा छ ।

 

 यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अविभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरुले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’ ​
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार